logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • महिला राष्ट्रिय लिगमा एपिएफकाे अपराजित यात्रा कायम, सावित्राकाे आधा दर्जन गाेल 

    महिला राष्ट्रिय लिगमा एपिएफकाे अपराजित यात्रा कायम, सावित्राकाे आधा दर्जन गाेल 

    3.5K
    Shares

    काठमाडाैं । विभागीय टोली एपिएफले काठमाडौं बाहिरको टोली चन्द्रपुर नगरपालिकालाई हराउँदै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई बुधबार पनि निरन्तरता दिएको छ । 

    ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न एक मात्र खेलमा एपिएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो । एपिएफले जित निकाल्दा स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक सहित ६ गोल गरिन् । यस्तै, कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।

    पहिलो मिनेटमा नै गोलको खाता खोलेकी अनिताले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भएकी थिइन् । ह्याट्रिकसहित ६ गोल गरेकी सावित्राले  छैटौं, ३३ औं, ४७ औं, ६० औं, ६२ औं र ७९ औं मिनेटमा गोल गरेकी हुन् ।

    यस सँगै एपिएफले जारी लिगमा अगातार आठौं जित निकालेको छ । एपिएफले ८ खेलबाट २४ अंक जोडेको छ । जितपछि एपिएफले उपाधि उचाल्ने सम्भावनालाई बलियो बनाएको छ ।

    पराजित चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।

    लिग अन्तर्गत बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा चौदण्डीगढीले वालिङको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा आर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend