logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अभिनेताले लिएकै पारिश्रमिक डिमाण्ड गर्दा फिल्म सेट नै छोड्ने धम्की आयो : प्रियंका

    अभिनेताले लिएकै पारिश्रमिक डिमाण्ड गर्दा फिल्म सेट नै छोड्ने धम्की आयो : प्रियंका

    4.3K
    Shares

    एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो किताब ‘अनफिनिस्ड’ प्रकाशनको तयारीमा छिन् । यस किताबमा उनले बाल्यकालदेखि प्रोफेशनल लाइफसँग जोडिएका तथ्यहरुको खुलासा गरेकी छिन् । 

    एक समय आफ्नो को एक्टरले जति पारिश्रमिक लिएका छन्, त्यतिकै डिमाण्ड गर्दा फिल्म सेट नै छोड्ने धम्की मिलेको किताब मार्फत उनले खुलासा गरेकी छिन् ।बलिउड लाइफमा उल्लखे भए अनुसार फिल्म क्षेत्रमै कतिपय व्यक्तिसँग आफूले वास्तविक मानवीयता सिकेको पनि बताएकी छिन् ।

    त्यस्तै प्रियंकाले आफ्नो पुस्तकमा लेखेकी छिन्–‘जब मैले सन् २००० को मिस वल्र्डको ताज जितेँ, यसपछि म बलिउडमा पाइला राख्ने तयारीमा थिए । मलाई एक जना निर्देशकसँग भेट गराइयो । उनले मलाई केही समयसम्म हेरे र मेरो शरीरका तीन अंगको सर्जरी गर्न सल्लाहा दिए । उनका अनुसार मैले बक्षस्थल, नितम्ब र गालाको सर्जरी गर्नुपर्ने थियो ।’ 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend