बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

आगामी आर्थिक वर्षको बजेट मार्गदर्शन जारी, मन्त्रालयहरुले सीमाभित्र प्रस्ताव गर्नुपर्ने

आगामी आर्थिक वर्षको बजेट मार्गदर्शन जारी, मन्त्रालयहरुले सीमाभित्र प्रस्ताव गर्नुपर्ने

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्ताव गर्न विभिन्न मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयले सोमबार बजेट तर्जुमा सम्बन्त्री मार्गदर्शन जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा प्रक्रिया शुरु भएको जानकारी मन्त्रालयलहरुलाई गराएको छ ।

अर्थसचिव घनश्याम उपाध्यायले जारी गरेको ८ बुँदे बजेट तर्जुमा मार्गदर्शनमा स्रोत व्यवस्थापनमा परेको दवाव तथा सार्वजनिक खर्चको उपलब्धि बढाई आर्थिक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकतालाई समेत दृष्टिगत गरी आयोजना तथा कार्यक्रम प्राचमिकीकरण गर्नुपर्ने अवस्था रहेकाले मार्गदर्शनमा उल्लेखित विषयहरुलाई गम्भिरतापूर्वक ध्यान दिन भनेको छ ।

यस्तै आगामी आर्थिक वर्षको बजेट तर्जुमालाई यथार्थपरक कार्यान्वयनयोग्य र नतिजामुखी पनाउन खर्चको दक्षता अभिवृद्धि हुने गरी क्रियाकलाप निर्धारण गरी आफ्नो मन्त्रालय वा अन्तर्गतका आयोजना तथा कार्यक्रमहरू आउँदो चैन १५ भित्र मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गरिने व्यवस्था मिलाउन अर्थले अनुरोध गरेको छ ।

अर्थले आगामी आर्थिक वर्षका लागि सीमा भित्र रही बजेट प्रस्ताव गर्ने भनेको छ । रकमान्तर र कार्यक्रम संशोधन गर्न नपर्ने गरी यथार्थपरक अजेट प्रस्ताव गर्न अर्थले विभिन्न मन्त्रालयहरुलाई भनेको छ ।

आयोजना तथा कार्यक्रममा दीर्घकालीन दायित्व सिर्जना गर्ने प्रकृतिका क्रियाकलाप समावेश नगर्ने अर्थले सुझाएको छ ।
अनिवार्य दायित्वका वर्ष शीर्षकमा पछि थप निकासा माग गर्न नपर्ने गरी बजेट प्रस्ताव गर्नुपर्ने छ ।

नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव गर्दा पूर्वतयारी पुरा भएका तथा लागत लाभ विप्रेषणबाट कार्यान्वयनयोग्य देखिएका गुणस्तरीय आयोजना मात्र समावेश गर्नुपर्ने भएको छ।

हाल कार्यान्वयनमा रहेका आयोजनाहरू आगामी आर्थिक वर्षमा सम्पन्न हुने भएमा सोको लागि पर्याप्त बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा आयोजनाका लागि बजेट प्रस्ताव गर्नुपर्ने भएको छ । आयोजना प्रस्ताव गर्दा राष्ट्रिय योजना आयोगको आयोजना बैंकमा प्रविष्ट भएका आयोजना मात्र समावेश गर्न सुझाएको छ ।

अर्थले स्रोतको सुनिधितता नगरी नयाँ आयोजना तथा कार्यकम प्रस्ताव गर्न हुने, आयोजना प्रस्ताव गर्दा अन्तरतह तथा अन्तर मन्त्रालय दोहोरोपना नपर्ने सुनिश्चित गर्नुपर्ने र विपद् पछिको पुनःनिर्माण कार्यलाई प्राथमिकता दिई बजेट प्रस्ताव गर्न सचेत गरेको छ ।

वैदेशिक सहायताको बजेट प्रस्ताव गर्दा कार्यान्वयनमा रहेका तथा नयाँ आयोजनाहरूको कार्यान्वयन तालिकासँग मेल खाने गरी पर्याप्त रकम प्रस्ताव गर्न, सहायता सम्झौता अनुरुपका आयोजना तथा क्रियाकलापहरूमा भुक्तानीको तरिका समेत मिल्ने गरी आवश्यक बजेट प्रस्ताव गर्नुपर्ने भएको छ ।

अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त आयोजनारकार्यकमलाई आर्थिक वर्ष २०८२/८३ मा सिर्जना हुने दायित्व भुक्तानी गर्न पुग्ने रकम छुटयाएर मात्र अन्य आयोजना तथा कार्यक्रमा बजेट प्रस्ताव गर्न, प्राथमिकताको आधारमा कार्यान्वयन निरन्तरता दिनु नपर्ने प्रकृतिका स्रोत सुनिश्चित गरिएका आयोजनाहरुलाई समेत पुनः प्राथमिकीकरण गरी स्रोत व्यवस्थापन गर्न अर्थले भनेको छ।

यसैगरी राष्ट्रिय गौरवका आयोजना तथा अन्य महत्वपूर्ण कार्यक्रममा सिर्जना हुने दायित्वलाई भुक्तानी गर्न पुग्ने गरी बजेट प्रस्ताव गर्न अर्थले मन्त्रालयहरुलाई भनेको छ ।

राष्ट्रिय गौरवका आयोजनामा पछिल्ला दुई वर्षमा बजेट बिनियोजन घटेकाले योजना आयोगबाट आर्थिक वर्ष २०८२/८३ को आयोजना तथा कार्यकम प्रस्ताव गर्न मार्गदर्शनमा गरिएको प्राथमिकीकरण र सुझावमा आधारित रहेर पर्याप्त बजेट प्रस्ताव गर्नुपर्ने भएको छ ।

सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१ अनुकूल हुने गरी मुलतः चालु प्रकृतिका खर्च घटाउने गरी विनियोजन प्रस्ताव गर्नुपर्ने भएका छ ।

सफ्ट्‌वेयर खरिद र परामर्श सेवालगायतका खर्च शीर्षकमा पर्याप्त आधार र लागत प्रभावकारिता हेरी एकीकृत प्रणालीको विकासमा सहयोग पुग्ने भएमा मात्र बजेट प्रस्ताव गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

अत्यावश्यकीय अवस्थामा बाहेक फर्नियर फिक्चर्स तथा सजावट वर्षमा बजेट प्रस्ताव नगर्न अर्थले मन्त्रालयहरुलाई भनेको छ ।

१६ औं योजनाको समष्टिगत रगनीति तथा विषय क्षेत्रगत रुपान्तरणकारी रणनीति र प्रमुख हस्तक्षेपकारी कार्यक्रम कार्यान्वयन गर्ने तथा उद्देश्य र लय हासिल गर्न योगदान गर्ने कार्यक्रम आयोजनाको छनौट र प्राथमिकीकरण गरी आयोजना तथा कार्यक्रमको प्रस्ताव गर्न अर्थले जानकारी गराएको छ ।

योजना आयोगले तयार गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमाको लागि प्रायोजना तथा कार्यकम प्रस्ताव गर्ने सम्बन्धी मार्गदर्शन, बजेट सीमा, मध्यमकालीन सर्व संरचनाको खाका तया बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा २०८१ मा उल्लेख गरेका सुझाब तथा मार्गदर्शनमा उल्लिखित विषयहरू कार्यान्वयन गर्न मन्त्रालयलाई भनेको छ ।

अर्थले आगामी आर्थिक वर्षको बजेट तर्जुमा कार्यतालिका तयार पारी बजेट लेखन थालेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

यो पनि :

तयार भयो ‘बजेट क्यालेण्डर : १९ खर्ब हाराहारीको बजेट लेखिँदै

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend