काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको पक्षबाट बहस गरेका वकिललाई न्यायाधिस सिन्हाले प्रश्न गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबार बहस गर्न आएका अधिवक्ता बाबुराम दाहालले नेपालमा प्रधानमन्त्रीय शासन पद्धति रहेको भन्दै प्रधानमन्त्रीले आफुखुशी सरकार चलाउने बताएपछि सिन्हाले प्रश्न गरे, ‘‘चुनाव भयो, दुई तिहाइ आएन भने के हुन्छ ? फेरि विघटन गरिदिने ?’
अधिवक्ता दाहालले भने न्ययाधिसको प्रश्नको जवाफ नदिइ प्रधानमन्त्रीले काम गर्न नपाएका कारण प्रतिनिधिसभा विघटन गरेको दाबी गरिरहे ।