logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बागी ४ मा टाइगर श्राफको जोडि सारा  

    बागी ४ मा टाइगर श्राफको जोडि सारा  

    2.9K
    Shares

    बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म बागी – ४ मा अनुबन्धित भएका छन् । बागीको तेस्रो शृंखलाको  सफलता पछि  बागी–४ बनाउने घोषणा निमार्ण पक्षले गरेको  थियो ।

    यो फिल्ममा टाइगरको हिरोइनको भुमिकामा सारा अली खान अनुबन्धित भएकी छिन् । यस फिल्ममा दिशा पटानीलाई नायिकाको भुमिकामा राखिने  चर्चा समेत  निकैँ चुलिएको थियो तर फिल्मका निर्माता साजिद नाडियाडवालाको नजरमा  सारा अली खान परेकि हुन् । 

    सारा र टाईगरकोले यस फिल्मबाट पहिलो पटक एक साथ काम गर्ने मौँका पाएको हो । साजिदले सारालाई हिरोपन्ती २ मा राखन नसकेपछि बागी ४ मा  उनलाई अनुबन्धित गरेको बताएका छन् । यसअधि सारा र टाईगरलाई फिल्म हिरोपन्ती २ मा  सँगै काम गर्ने भनिएता पनि सो फिल्ममा पछि अकैँ नायिका राखिएको थियो । 

    यता अभिनेत्री सारा आफू बागी–४ का लागि निकै उत्साहित रहेको बताएकी छिन् । यस फिल्मको पहिलो शृंखला २०१६ मा बनेको थियो । बागी पपुलर भएपछि अभिनेता टाइगरकै अभिनयमा फिल्म बागी–२ र बागी–३ निर्माण गरिएको थियो । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend