काठमाडौं । केपी ओली सरकारले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेपछि चौतर्फी रुपमा विरोध भइरहेको छ ।
यसै क्रममा सो पार्टीका नेता घनश्याम भुषालले केपी ओली सरकार तीब्र गतिमा ओरालो लागेको प्रतिक्रिया दिएका छन् ।
उनले टुइटरमा लेखेका छन्, ‘रामकुमारी झाँक्री पक्राउ परेको ठाँउमा उभिएर हेर्दा प्रधानमन्त्री के पी ओली तीब्र गतिमा ओरालो लागेको देखिन्छ ।’
रामकुमारी झाँक्री पक्राउ परेको ठाँउमा उभिएर हेर्दा प्रधानमन्त्री के पी ओली तीब्र गतिमा ओरालो लागेको देखिन्छ ।
— Ghanashyam Bhusal (@gsbhusal) February 11, 2021