काठमाडौं । केपी ओली सरकारले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेपछि अधिकांश नेताहरुले विरोध जनाइरहेका छन् ।
यसै क्रममा सो पार्टीका स्थायी समिति सदस्य भीम रावलले नेतृ ‘झांक्रीलाई पक्राउ गर्नु निन्दनीय र निरंकुश कृत्य’ भनेर प्रतिक्रिया दिएका छन् ।
उनले सामाजिक सञ्जाल टुइटरमा लेखेका छन्, ‘आफै रहेको मञ्चमा मन्त्रीबाट र साइबर अपराधीद्वारा अश्लील गाली गर्न लगाई स्वाद लिने प्रमं केपीले आफ्नो असंवैधानिक र स्वेच्छाचारी काम र त्यसमा हतारगरी साथ दिने राष्ट्रपतिको आलोचना गर्दा नेतृ रामकुमारी झांक्रीलाई पक्राउ गर्नु निन्दनीय निरंकुश कृत्य हो।नेतृ झांक्रीलाई तुरून्त रिहा गर ।’
आफै रहेको मञ्चमा मन्त्रीबाट र साइबर अपराधीद्वारा अश्लील गाली गर्न लगाई स्वाद लिने प्रमं केपीले आफ्नो असंवैधानिक र स्वेच्छाचारी काम र त्यसमा हतारगरी साथ दिने राष्ट्रपतिको आलोचना गर्दा नेतृ रामकुमारी झांक्रीलाई पक्राउ गर्नु निन्दनीय निरंकुश कृत्य हो।नेतृ झांक्रीलाई तुरून्त रिहा गर।
— Bhim Rawal, PhD (@BhimRawal179) February 11, 2021
राष्ट्रपति र प्रधानमन्त्री नै राज्य होइनन्।ती पदाधिकारीका असंवैधानिक र गलत कामको आलोचना लोकतन्त्रमा गर्नपाइन्छ।आलोचनालाई राज्यविरूद्धको अपराध भन्नु हास्यास्पद छ।निरंकुशता र दमनले मनपरीतन्त्र नटिक्ने तथ्य नेपालमा पुष्टि भइसकेको छ।यसको राष्ट्रपति र प्रधानमन्त्रीले स्मरण गरून्।
यसलगत्तै रावलले पुनः अर्को टुइट गर्दै राज्यविरुद्दको मुद्दा लगाइनु हाँस्यास्पद रहेको धारणा ब्यक्त गरे ।
— Bhim Rawal, PhD (@BhimRawal179) February 11, 2021