काठमाडौं। लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
दोर्दी गाउँपालिका ६ मा जिप दुर्घटना हुँदा दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत दुईजना इन्जिनियर र जिप चालकको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा अन्य ३ जना घाइते भएका छन्। घाइतेहरुको लमजुङ जिल्ला अस्पताल बेसीसहरमा उपचार भइरहेको लमजुङ प्रहरीले जनाएको छ।