logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • निजीक्षेत्रको पहिलो बिजुली बस सुन्दर यातायात प्रालिको अध्यक्षमा पुनः भेषबहादुर थापा

    निजीक्षेत्रको पहिलो बिजुली बस सुन्दर यातायात प्रालिको अध्यक्षमा पुनः भेषबहादुर थापा

    2.5K
    Shares

    काठमाडौं । निजीक्षेत्रको नेपालकै पहिलो बिजुली बस संचालक  कम्पनी सुन्दर यातायात प्रालिको अध्यक्षमा पुनः भेषबहादुर थापा चयन भएका छन् । 

    बिहिबार सुन्दर यातायात प्रालि र सुन्दर ट्रेडर्स प्रालिको तेस्रो साधारणसभाले थापालाई नै दोस्रो कार्यकालका लागि चयन गरेको हो ।

    आगामी तीन वर्षका लागि अध्यक्षमा चयन भएका थापाले विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आफूले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

     काठमाडौँमा  बिजुली बस सञ्चालन  गर्दै आएको  सुन्दर यातायातले काठमाडौं उपत्यका सँगै निकट भविष्यमै बाहिरी जिल्लामा पनि बिजुली बस सञ्चालन गर्ने लक्ष्य लिएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend