logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • यस्तो छ यी कलाकारको ‘भ्यालेन्टाइन’ योजना 

    यस्तो छ यी कलाकारको ‘भ्यालेन्टाइन’ योजना 

    5.1K
    Shares

    काठमाडौं । ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रेम दिवस’ । हरेक वर्ष फेब्रुअरी १४ मा यो उत्सव प्रेमिल मनहरुले विशेष रूपमा मनाउँछन् । विश्वभरका युवायुवतीले माया साटासाट गरेर यो दिवस मनाउने गरेका छन् । पश्चिमा देशमा मनाइने ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको छ ।

    यो दिनलाई ‘रोमान्टिक दिन’को रुपमा पनि लिइन्छ । नेपालका होटल, सपिङ मललगायतका ठाउँमा भ्यालेन्टाइन दिवसका दिन विशेष सजावट गरिएको हुन्छ ।

    ‘भ्यालेन्टाइन डे’ मनाउने सबैको आ–आफ्नै तरिका हुन्छन् । यो दिन यादगार बनाउन प्रेमी प्रेमिकाहरुले एक आपसमा उपहार आदान–प्रदान गर्ने, विशेष ठाउँमा घुम्न जाने गर्छन् । 
    भ्यालेन्टाइन डेमा नेपालका कलाकार र गायक गायिकाले के कस्तो तयारी गरिरहेका छन् भन्नेबारेमा हामीले बुझ्न खोजेका छौँ ।

    वेनिशा हमाल – नायिका

    सुटिङमा व्यस्त हुनु परेकाले यो वर्ष वेनिशाका लागि भ्यालेन्टाइन डे विशेष छैन् । भ्यालेनटाइन डेमा उनी नयाँ वेव सेरिजको सुटिङमा व्यस्त हुने भएकी छिन् । ‘माया गर्ने मान्छेको लागि विशेष सेलिब्रेसन गर्ने दिन हो, त्यही कारण यो दिन अलि विशेष लागने गर्छ’ वेनिशा भन्छिन्, ‘तर माया भनेको हरेक दिन हुनुपर्छ ।’

    यो वर्षको भ्यालेन्टाइन डे स्पेशल भनेको उनका लागि सुटिङ नै भयो । छायांकनमा व्यस्त भएकोले यो वर्ष भ्यालेन्टाइन डे मनाउन नपाउने उनले बताइन् ।  

    परमिता राणा – नायिका, मोडल तथा गायिका

    मोडल तथा नायिका परमिता राणाको लागि यस वर्षको भ्यालेन्टाइन डे निकै खास हुने भएको छ । किनकि उनी भ्यालेन्टाइन डे मा दुवई जानेछिन् । उनको लागि भ्यालेन्टाइन डे भनेकै स्व प्रेम हो । उनी आफूले आफैँलाई माया गर्नु, आफूलाई अपनाउन सक्नु नै महत्वपूर्ण भएको बताउँछिन् ।  भन्छिन्, ‘आफूसँग प्रेम गर्नु नै पहिलो प्राथकिता हो ।’
    उनी सामान्य अरु दिनजस्तै भ्यालेन्टाइन डेलाई पनि लिने गर्छिन् ।

    सौगात मल्ल – अभिनेता

    सौगात मल्ल उनको नयाँ फिल्म राधाको छायांकनमा व्यस्त छन् । उनी लामो समयदेखि मोडल, मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठसँगको प्रेममा छन् । उनी भ्यालेन्टाइन डे सबैले मनाउने गरेकाले आफूले पनि मनाउने गरेको बताउँछन् । 

    ‘खासमा सबैले मनाइरहेको भएकाले मनाइदिऊँ भन्ने लागेको छ’ उनले भने, ‘त्यस्तो विशेष योजना केही छैन, समय मिलेसम्म मनाउने हो तर यस वर्ष फिल्मको सुटिङका कारण मनाउन नपाउने अवस्था छ ।’

    उदेश श्रेष्ठ – गायक

    धेरै जसो प्रेम र विछोडका गीत गाउने गायक उदेश  भ्यालेन्टाइन डे मनाउने तयारीमा छन् । अघिल्ला वर्षहरुमा भ्यालेन्टाइनका दिन कन्सर्टमा व्यस्त रहने उनी यस वर्ष परिवार सँग बाहिर घुम्न जाने योजनामा छन् ।  भन्छन्, ‘अरू दिन समय दिन नभ्याए पनि यो दिन त समय दिनुर्पयो नि । माया गर्ने मान्छेलाई यस दिनमात्र माया गरेर त पुग्दैन ।’

    सबैले मनाएको देख्दा उनलाई पनि यो दिनलाई सेलिब्रेट गरौँ भन्ने लाग्छ । तर, भव्यरुपमा मनाउनु पर्छ भन्ने चाहीँ नलाग्ने उनले बताए । 
     
    रवि बज्राचार्य – गायक

    गायक रविका लागि भ्यालेन्टाइन डे अरु दिनजस्तै सामान्य लाग्छ । अहिलेको जेनेरेशनले यस दिनलाई विशेष दिनको रुपमा लिने गरेको भए पनि आफ्ना लागि सामान्य भएको उनी बताउँछन् । भन्छन् ‘यो दिन माया गर्नेहरुले विशेष दिनको रुपमा मनाउने गरेकाले मैले पनि सामान्य रुपमा मनाउने गरेको छु ।’

    उनले उपहार दिएर भ्यालेन्टाइन मनाउने योजना बनाएका छन् । ‘गायक भएको हुनाले सांगितिक कार्यक्रममा गरेर पनि यो दिन मनाउनु पर्ने अवस्था आउन सक्छ,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend