logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मानव बेचबिखन प्रभावितहरुको बागमती प्रदेश स्तरीय संजाल गठन 

    मानव बेचबिखन प्रभावितहरुको बागमती प्रदेश स्तरीय संजाल गठन 

    4.3K
    Shares

    काठमाडौं । मानव बेचबिखन प्रभावितहरुको बागमती प्रदेश स्तरीय संजाल गठन भएको छ। काठमाडौं बानेश्वरको सिद्दार्थ फुड ल्याण्डमा आयोजना गरिएको मानव बेचबिखन प्रभावितहरुको भेलाले कुलमाया छुमी अध्यक्ष र शान्ति लामा सचिव रहेको प्रदेश स्तरीय संजाल गठन गरेको हो।

    करिव ४ दशक देखि मानव बेचबिखन र प्रभावितहरुको क्षेत्रमा सक्रिय रहदै आएकी मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालको प्रमुख आतिथ्यतामा भएको भेलामा मानव बेचबिखन प्रभावितहरुको रास्ट्रिय संजालकी अध्यक्ष चरिमाया तामांग ,अभिमुखीकरण कार्यक्रमकी श्रोत व्यक्ति सिर्जना काफ्ले ,शक्ति समुहकी कार्यकारी निर्देशक बालमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले शक्ति समुह र संजालले आगामी दिनमा बेच बिखनमा परेका र प्रभावितहरुका लागि एक राष्ट्रिय नीति तयार गर्न वकातल र दवाव दिनुपर्ने बताउदै यसका लागि आफ्नो स्थानबाट सकेको सहयोग गर्ने प्रतिवदत्ता ब्यक्त गरेकी थिइन्।

    हाल सम्म सुदुर पश्चिम ,बागमती र लुम्बिनी प्रदेस स्तरीय संजाल गठन गरेको मानव बेचबिखन प्रभावितहरुको रास्ट्रिय संजालले आगामी दिनमा अन्य प्रदेश मा पनि संजाल गठनको तयारी गरिएको रास्ट्रिय संजालकी अध्यक्ष चरिमाया तामाङले जानकारी दिइन् ।

    पर्पल फाउन्डेसनको ऐक्यवद्दतामा भएको संजाल गठन तथा अभिमुखीकरण कार्यक्रममा प्रदेस स्तरीय संजाल गठन र परिचालन मार्फत मानव बेच बिखनको सवाललाई रास्ट्रिय मुद्दाको रुपमा उठान गर्ने जानकारी दिइएको थियो ।

    रास्ट्रिय मानव अधिकार आयोगको मानव बेच बिखन सम्बन्धि रास्ट्रिय प्रतिवेदनमा सन् २०१९ मा लगभग १.५ लाख ब्याक्तिहरु जोखिममा रहेको जानकारी दिइएको थियो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend