logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’ ?

    किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’ ?

    6.9K
    Shares

    काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस विश्वभर मनाइँदैछ । विशेष गरी युवा–युवतीले आजको दिनलाई माया साट्ने दिनको रुपमा मनाउने गरेका छन् ।नेपालमा पनि पछिल्ला केही समयदेखि भ्यालेन्टाइन डे विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसँग प्रेम प्रस्ताव राख्ने गर्छन् ।

    यो दिवसको सुरुवात प्राचीन रोमनबाट सुरु भएको  पाइन्छ । विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्बत् २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।

    तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाउछन् । उनले नियम उल्लंघन गर्दै धेरै सैनिकको  विवाह गराईदिन्छन्  । सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखछन् ।
    पादरी जेलमा रहँदा भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग उनको माया बस्छ ।

    आफूलाई मृत्युदण्ड दिनुअघि भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अर्थात् जेलरकी छोरीलाई दिन्छन्।उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका गछन्। त्यसपछि उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिईन्छ । यही दिनको सम्झनामा भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

    भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लो समय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ । भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स् डे मनाउने गरिएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend