
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सुनको भाउ आइतबार तोलामा १०० रुपैयाँ घटेको हो।
शुक्रबार तोलामा ९०,९०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर तोलामा ९०,८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुन भने तोलामा ९०,३०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भइ १३३५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend