logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • कोरोनाविरुद्दको खोप अभियानमा ज्येष्ठ नागरिकलाई प्राथामिकता दिन सरकारसँग माग 

    कोरोनाविरुद्दको खोप अभियानमा ज्येष्ठ नागरिकलाई प्राथामिकता दिन सरकारसँग माग 

    2.2K
    Shares

    काठमाडौं । कोभिड–१९ अर्थात कोरोना भाइरसविरुद्धको खोप अभियानमा राज्यले ज्येष्ठ नागरिकलाई प्राथामिकता दिनुपर्ने माग गरिएको छ । साझा ज्येष्ठ नागरिक संगठनले कोरोना भाइरसविरुद्धको खोप अभियानमा राज्यले ज्येष्ठ नागरिकमाथि गरेको उपेक्षाप्रति आपत्ती जनाउँदै यस्तो माग गरेको हो । 

    विवेकशिल साझा पार्टीको साझा ज्येष्ठ नागरिक संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा उच्च जोखिममा ज्येष्ठ नागरिकहरू रहेका तर सरकारले खोप अभियानको तेस्रो चरणमा पनि ज्येष्ठ नागरिकहरुलाई  प्राथमिकतामा नपार्नु अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण भएको बताएको हो । 

    विश्वभर ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखी कोभिड १९ विरुद्धको खोप दिइँदै गरिएकोमा नेपालमा यो वर्गमाथि सरकारले गरेको विभेदले सामाजिक न्याय र सुरक्षाप्रति सरकारी उदासीनता पुनः छर्लङ्ग भएको साझा ज्येष्ठ नागरिक संगठनले बताएको छ ।

    ‘अहिलेसम्मको उपेक्षाप्रति क्षमा याचना गर्दै खोप अभियानको यसपछिको चरणमा ज्येष्ठ नागरिकलाई मुख्य प्राथमिकतामा राख्न साझा ज्येष्ठ नागरिक संगठन सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

    सरकारले भारतले अनुदानमा दिएको दश लाख डोज ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा सफाइकर्मी तथा स्वास्थ्यकर्र्मी, दोस्रो चरणमा पत्रकार तथा तेस्रो चरणमा सरकारी कर्मचारीलाई लगाउने निर्णय अनुसार खोप अभियान जारी छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend