काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक फागुन ५ गते बस्ने भएको छ । पार्टी सचिवालयका मूख्य सचिव कृष्ण प्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । बैठक फागुन ५ गते दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको हो ।
विज्ञप्तिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
बैठकमा प्रतिनिधिसभा विघटनको मुद्दामा पार्टीभित्र देखिएको मतभेदबारे छलफल गर्दै भावी रणनीति तय गरिने बताइएको छ ।