logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • टिकटक स्टार डजारिया क्वेन्ट मृत फेला 

    टिकटक स्टार डजारिया क्वेन्ट मृत फेला 

    4.7K
    Shares

    ‘डी’ नामबाट चर्चित १८ वर्षीया अमेरिकी टिकटक स्टार डजारिया क्वेन्ट नोइसले देहत्याग गरेकी छन् ।  देहत्याग गर्नुअघि उनले एक भिडियो सेयर गरेकी छन्, जसलाई उनले अन्तिम पोस्ट बताएकी थिइन् । भिडियोको क्याप्सनमा उनले लेखेकी थिइन्, ‘मलाई थाहा छ मैले तपाईंहरुलाई झर्को लगाइरहेकी छु, यो मेरो अन्तिम पोस्ट हो ।’

    पर्पल कभर न्युजका  अनुसार डजारियाका अभिभावकहरूले उनको मृत्युको घोषणा गरेको हो । गोफन्डमी नामको पेजमा डजारियाको पिता रहिम अलाले  छोरीले मलाई छोडेर गइन् भन्दै पोस्ट गरेका छन् ।

    साथीजस्ती छोरीको अन्तिम संस्कार गर्न आफूलाई अन्यन्त गाह्रो भएको उनी बताउँछन् । उनले भनेका छन्, ‘छोरीले आफ्नो तनाव र देहत्यागको विचारको बारेमा मसँग कुरा गरेको थए हुन्थ्यो । यसको समाधान निकाल्थ्यौं । जब म घर आउँछु तिमीलाई देख्दिन ।’ उनले के कारणले आत्माहत्या गरिन भने बारे खुलासा भएको छैन। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend