logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीले बुझे म्याद

    अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीले बुझे म्याद

    2K
    Shares

    काठमाडौं । अदालतको अवहेलना मुद्दामा गत माघ १५ गते सर्वोच्च अदालतले दिएको आदेशको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार म्याद बुझेका छन् । सर्वाेच्च प्रशासनका अनुसार आइतबार ओलीले म्याद बुझेका हुन् ।

    प्रधानमन्त्रीले संवैधानिक इजलासमा भइरहेको बहसको अपमान हुने गरी बोलेको भन्दै परेको रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । 

    प्रधानमन्त्री ओलीले अब एक साताभित्र सर्वोच्चमा आफैँ उपस्थित भएर अदालतको अवहेलना आरोपमा लिखित जवाफ पेश गर्नुपर्छ ।

    गत माघ १५ गते न्यायाधीश शर्माको इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । उनीहरुले सोमबार अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाइसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend