logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • खेल जीवनपछि खेतीपाती र गाईपालनमा सक्रिय हुदैँ भारतीय क्रिकेटका पुर्व कप्तान महेन्द्र सिंह धोनी

    खेल जीवनपछि खेतीपाती र गाईपालनमा सक्रिय हुदैँ भारतीय क्रिकेटका पुर्व कप्तान महेन्द्र सिंह धोनी

    1.9K
    Shares

    भारतका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनी खेल जीवन बाट सन्यास लिएपछि  कृषिमा लागेका छन् । धोनीको  हालैमात्र स्ट्राबेरी खाँदै गरेको फोटो भाइरल भएको थियो जुन उनको आफ्नै फार्ममा उब्जाइएको स्ट्राबेरी थियो, जुन ४३ एकडमा फैलिएको छ । 

    उनको खेतमा स्ट्राबेरी, भुईँकटहर, सरिफा, प्याज, गोलभेँडा, लौका, केराउ, अम्बा, मेवा लगाइएको छ । यसका साथै तरबुजा, काउली पनि लगाइएको छ ।  खेतको चारैतर्फ आँपको बिरुवा पनि रोपिएको छ । क्रिकेटको दुनियाँमा धोनी म्याच फिनिसिङ र ब्याटिङका लागि उत्कृष्ट मानिन्छन् । उनी सन् २००७ देखि २०१६ सम्म भारतीय क्रिकेट टिमको कप्तान थिए । क्रिकेटपछि कृषि क्षेत्रमा लागेका उनले आफ्नो खेतीका लागि भने विज्ञहरु लिएका छन् । 

    राँची जिल्लाको सदरमुकामबाट १८ किलोमिटर टाढा सेन्बो गाउँमा रहेको धोनीको फार्म हाउसको जिम्मा कृषिसम्बन्धी पढाइ गरेका रोशन कुमारले सम्हालिरहेका छन् । उनले खेतीलागि जमिन तयार गर्न छ महिना लागेको र यसपछि स्ट्राबेरी, तरबुजाको खेती सुरु गरेको बताए । रोशनकुमारले धोनीको कृषि फार्ममा पूर्ण रुपमा अर्गानिक खेती गरिएको बताउँछन् । त्यहाँ कुखुरा, माछा गाई, बाख्रा पनि पाल्न सुरु गरिएको छ ।

    उक्त फार्म हाउसमा दैनिक ७०–८० मजदुर हरेक दिन काम गर्छन् । फार्ममा धोनीले एक डाक्टर राखेका छन्, जसले उक्त फार्मबाहेक अन्य नजिकका गाउँमा गाईबस्तुको पनि उपचार गर्छन् । हाल धोनीको फार्म हाउसमा ७० गाई छन् । त्यहाँ थप तीन सय गाईका लागि फर्म बनाउँदै गरिएको छ । ती गाईबाट दैनिक ३५०–४०० लिटर दुध उत्पादन हुन्छ, जुन राँची बजार क्षेत्रमा बिक्री गरिन्छ । 

    गाईबाहेक तीन भैंसी पनि छन् । अबको १५ दिनपछि २०० बट्टाई पनि त्यहाँ थपिँदैछ । साना साना पोखरीहरु छन्, त्यहाँ माछापालन गरिएको छ । दिल्लीसहित देशभर चलिरहेको किसान आन्दोलनमा धेरै क्रिकेटरहरुले आफ्नो धारणा राखिरहेका छन्, तर धोनी हालसम्म यसबारे केही बोलेका छैनन । उनले क्रिकेटबाट सन्यास लिएपछि धेरै समय आफ्नो घर राँचीमा बिताएका छन् । यससमयमा कहिले ट्याक्टर चलाएको, कहिले खेतमा काम गरिरहेको उनका तस्बिरहरु सार्वजनिक भइरहन्छन् । 

    डेली मार्केटको नामबाट चिनिने राँचीको सानो तरकारी पसल पछिल्ला दिनमा ग्राहक र मिडियाको आकर्षणको केन्द्र बनेको छ, जसको कारण धोनीको फार्ममा लगाएको स्ट्राबेरी रहेको छ । पसलका मालिक भन्छन्, ‘मानिसहरु महेन्द्रसिंह धोनीको नामले गर्दा मात्रै नभएर अर्गानिक र गुणस्तरिय स्ट्राबेरी भएका कारण पनि उत्तिकै भीड लाग्छ ।’

    हालैका दिनमा झारखण्डका कृषि मन्त्री बादल पत्रलेखले धोनीलाई त्यहाँ अर्गानिक खेतीको ब्रान्ड एम्बेसडर बन्न पनि सक्ने बताएका थिए । धोनीले यस प्रस्तावलाई खासै वास्ता त गरेका छैनन । धोनीले सन् २०२० को १५ अगस्टदेखि क्रिकेटबाट सन्यास लिएका थिए । एजेन्सी 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend