logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • यो अवस्थामा हुने चुनावले देशमा द्धन्द्धको सिर्जना गर्छ: प्रचण्ड

    यो अवस्थामा हुने चुनावले देशमा द्धन्द्धको सिर्जना गर्छ: प्रचण्ड

    2K
    Shares

    चितवन,  प्रचण्ड- नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यहि अवस्थामा हुने चुनावले देशमा द्धन्द्ध सिर्जना गर्ने बताएका छन्।  चितवनमा पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यो अवस्थामा हुने चुनावले देशमा अराजकता ल्याउने र द्धन्द्धको सिर्जना हुने बताएका हुन्।  

    अध्यक्ष प्रचण्डले केपी ओलीले घोषणा गरेको चुनाव भ्रममात्र भएको र ओलीले यो चुनाव कुनै पनि हालतमा नगर्ने ठोकुवा गरे। ‘चुनाव गर्नलाई घोषणा गरिएकै होइन’, उनले भने, ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना नगरेको खण्डमा हुने चुनाव असंवैधानिक, अवैधानिक र अलोकतान्त्रिक मानिनेछ।  यसले शान्ति नभएर देशमा द्धन्द्धको सिर्जना गर्छ।’

    वर्तमान अवस्थामा जवरजस्ती देशलाई चुनावतर्फ लगिएमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुने उनको भनाइ थियो। 

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend