काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक फागुन ५ गते बुधबार बस्ने भएको छ । कांग्रेसले २०७७ फागुन ७ गते देखि १० गते सम्मका लागि आव्हान गरेको चौधौं महाधिवेसन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेसनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्य समितिको बैठक बस्न लागेको जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशिल सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुने उनले बताए ।