काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइएको छ ।
श्रीपञ्चमीको दिनमा नयाँ कार्य शुभारम्भ गर्ने प्रचलन पनि रहेको छ । यसै दिनमा बालबालिकालाई शिक्षादिक्षाको लागि आरम्भ गर्ने गरिन्छ । यस्तै श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, जस्ता कार्यका लागि साइत हेर्नु नपर्ने भन्ने मान्यता पनि रहि आएको छ ।
श्रीपञ्चमीको अवसरमा मंगलबार हनुमानढोका दरबारमा वसन्त श्रवण पनि गरिएको छ ।
वसन्त श्रवणमा राष्ट्रपती विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।