logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • वाग्मती प्रदेशसभा बैठक अनिश्चितकालका लागि पुन: स्थगित

    वाग्मती प्रदेशसभा बैठक अनिश्चितकालका लागि पुन: स्थगित

    4.4K
    Shares

    काठमाडौं । आज दिउँसो २ बजे बस्ने भनिएको वाग्मती प्रदेशसभाको सातौँ बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

    सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।

    मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएपछि बागमती प्रदेशसभाको बैठक स्थगित हुँदै आएको छ ।

    हिजो राति अबेरसम्म प्रदेशसभा कसरी अगाडि बढाउने भनेर छलफल गरेपनि सहमति जुट्न नसकेपछि आज बिहानै सूचना टाँसेर बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend