logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाली सेनाले गर्यो गढी संरक्षणसम्बन्धी छलफल र सरसफाइ

    नेपाली सेनाले गर्यो गढी संरक्षणसम्बन्धी छलफल र सरसफाइ

    4.9K
    Shares

    चितवन । भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षणसम्बन्धमा स्थानीयवासीसँग छलफल गरि सो क्षेत्रको सरसफाइ गरिएको छ ।

    गणका निमित्त गणपति सेनानी पदमबहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय सरोकारवालाबीच मङ्गलबार उपरदाङगढी संरक्षणका विषयमा छलफल र सरसफाइ गरिएको हो । 

    सन् १९६० को दशकमा सो ठाउँ चितवनको सदरमुकाम रहेको थियो । पुरातत्व विभागका अनुसार यस क्षेत्रमा तत्कालीन समयमा जिल्लाका सम्पूर्ण सरकारी कार्यालय रहेका थिए । तत्कालीन दाहाखानी गाउँ विकास समितिमा पर्ने सो स्थान सामुद्रिक सतहदेखि एक हजार २७५ मिटर उचाइमा रहेको छ । बाइसे–चौबीसे राज्य एकीकरणका समयमा अङ्ग्रेज फौजविरुद्ध युद्धको समयमा नेपालको रक्षाका लागि सन् १८०० को शुरुआतमा शत्रुभञ्जन शाहले सो गढी निर्माण गरेको बताइन्छ ।यो स्थानमा तीन फिट चौडाइ तथा छ फिट उचाइ भएको प्रवेशद्वार, कोतघर, कालिका र सिद्धबाबाको प्रतिमा, इनारलगायतका संरचना छन् ।

    ढुङ्गा, माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाइ तीन फिट छ । यस स्थलमा नौवटा सेन्ट्रीपोष्ट, चारै दिशा तोप पड्काउने नौवटा खुला झ्याल बनाइएको छ । किल्लाको दक्षिणी भागमा भगवान् शिव र कालिकाको मन्दिरको भग्नावशेष रहेको इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले जानकारी दिए । गढीको प्रवेशद्वारमा गणेश मन्दिर रहेको छ । बज्रयोगिनी, बालकुमारी देवीको मन्दिर पनि सँगै छ । नेपाली सेनाले गढीहरुको संरक्षण गर्दै आएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend