logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनकोशीले जोगाउँदैछ ५५ हजारको जीवन

    सुनकोशीले जोगाउँदैछ ५५ हजारको जीवन

    3.9K
    Shares

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी–पूर्वी भेग अन्तर्गत तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन अब केही महिना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिका र छिमेकी दुई स्थानीय तहका बासिन्दाले सम्भवतः नयाँ वर्षका अवसरमा घरघरमै खानेपानी पाउनेछन् ।

    तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा पाँच वर्षअघि अर्थात् भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी भएका छन् । हाल यस क्षेत्रका बासिन्दा दुई घण्टा पैदल दूरीबाट कुवाको पानी लिन बिहान ३ बजेदेखि पालो कुर्नुपर्ने बाध्यता भोगदैँ आएका छन् ।

    विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । तर कोरोनाका कारण छ महिना काम रोकिएको होे ।  अहिले द्रुत गतिमा काम भइरहेको स्थानियले बताए।अहिले  तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करीब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको हो ।
     
    तेमाल बृहत् खानेपानी आयोजना स्थानीयवासीको सुखद जीवनसँग जोडिएको आधाबाटका इन्द्रबहादुर तामाङले बताए । उनी भन्छन् , “सुनकोशीको पानी भनेको तेमालवासीको जिन्दगानी नै हो ।” उनका अनुसार भूकम्पलगत्तै भएका खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तर्खरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको हो । 

    नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड लागतमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले बताए ।

     

     

     

    पूर्वमन्त्री एवं प्रतिनिधिसभाका पूर्वसदस्य गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकमा हाल काभ्रे भ्याली एकीकृत, तेमाल र पाँचखालमा ठूला तीन खानेपानीका आयोजना सञ्चालित रहेकामा खुशी व्यक्त गर्दै केही समयभित्रै नमोबुद्ध नगरमा पनि बृहत् खानेपानी आयोजनाको काम शुरु हुने बताएका छन । “अबको दुई वर्षभित्र सबै काभ्रेलीले स्वच्छ खानेपानी पाउने उद्देश्यका साथ हामी योजना बनाइरहेका छौँ”, उनी भन्छन् ।उनका अनुसार कोरोना सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा सञ्चालित खानेपानीलगायत राष्ट्रिय गौरवका दर्जन आयोजना केही महिना धकेलिए पनि हाल तीव्र गतिमा भइरहेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend