logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • हिउँ परेर मुहान जमेपछि खानेपानीमा समस्या

    हिउँ परेर मुहान जमेपछि खानेपानीमा समस्या

    3.4K
    Shares

    ताप्लेजुङ । गए राति ताप्लेजुङको विभिन्न ठाउँमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मंगलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सासहित ठाउँमा चिसो बढेको स्थानीय पेमा शेर्पाले जानकारी दिए ।

    रातभर हिमपात हुँदा अहिले गाउँमा करिब एक फिटसम्म हिउँ जमेको शेर्पाले बताए ‘सबैतिर सिसा जस्तै हिउँ जमेको छ,’ शेर्पाले भने, ‘पानीका मुहान सबै जमेपछि खानेपानी समेत समस्या भएको छ । चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन । घरभित्र आगो तापेर बसेका छौं ।’

    चौंरी र गाईवस्तु हिउँ कम पर्ने ठाउँमा झारिएको फले निवासी लाक्पा भोटियाले बताए । घुन्सागाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्छ। समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला र समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा याङमा गाउँ छ ।

    यी बस्तीमा शुक्रबार बेलुकीदेखि अहिलेसम्म बाक्लो हिउँ परिरहेको फक्ताङलुङ गाउँपालिका–६ निवासी मनुकुमार राईले बताए । हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएका छन् । सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनमा हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीयवासी कमल राईले बताए ।

    मिक्वाखोला गाउँपालिका पापुङ क्षेत्रमा पनि शुक्रबारदेखि आज रातभरि हिमपात भएको रिङ शेर्पाले जानकारी दिए । यतिबेला ताप्लेजुङ जिल्ला हिउँले सेताम्मे भएको छ । ताप्लेजुङमा बुधबार बिहान न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियस मापन गरिएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend