काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको अक्सन आज हुँदैछ। भारतको चेन्नईमा हुन लागेको अक्सन नेपाली समयअनुसार अक्सन दिउँसो ३.१५ मा शुरु हुनेछ।
कुल २ सय ९२ खेलाडी रहेको अक्सनमा ६१ खेलाडीमात्र आइपिएल खेल्ने अवसर पाउनेछन।
अक्सनमा एसोसिएट राष्ट्रहरुबाट ३ जना खेलाडी परेका छन्। जसमध्ये नेपालबाट सन्दीप लामिछाने, अमेरिकाका फास्ट बलर अली खान र यूएईका स्पीनर कार्तिक मयप्यन छन् ।
कस्तो छ सन्दीपको सम्भावना ?
नेपाली लेग स्पीनर सन्दीप लामिछानेको विक्ने सम्भावना भने कम छ। ३ सिजन दिल्ली क्यापिटल्समा आवद्द भएका सन्दीपले पछिल्लो सिजन भने खेल्ने अवसर पाएनन। स्पीनरको खाली कोटा धेरै नभएको र विश्वस्तरका स्पीनर अक्सनमा भएकाले सन्दीपको बिक्ने सम्भावना कम रहेको हो। यद्यपी विग व्यास लिगमा राम्रो प्रदर्शन गरेका सन्दीपको थोरै सम्भावना भने रहेको छ। सन्दीपले आफ्नो बेस प्राइस ४० लाख भारु तोकेका छन्।