logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

    माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

    3.5K
    Shares

    ओखलढुङ्गा । पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई  कामदारको सकुशल उद्धार गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा बिहीबार बिहान माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई जनाको सकुशल उद्धार गरिएको हो ।

    काम गर्ने क्रममा ढिस्कोले पुरिएका मोलुङ गाउँपालिका–३ थुम्कीका अन्दाजी ४५ वर्षका केशरबहादुर सुनुवार र सोही स्थानका अन्दाजी वर्ष ४५ का   पुतबहादुर तामाङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए । 

    घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी घाइते दुवैलाई उपचारका लागि मिसन अस्पताल पठाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend