काठमाडौं। ला लिगा फुटबलमा एट्लेटिको मड्रिड लेभान्टेसँग २–० ले पराजित भएको छ। शीर्ष स्थानमा रहेको एट्लेटिको घरेलु मैदानमा भएको खेलमा लेभान्टेसँग स्तब्ध भएको हो।
खेलको ३० औ मिनेटमा एट्लेटिको मड्रिडका मारियो हर्मोसोले आत्मधाती गोल गरेपछि लेभान्टेले खेलमा अग्रता बनाएको थियो।
त्यस्तै खेलको ९५औँ मिनेटमा लेभान्टेका लागि जर्ज डे फ्रुटसले गोल दोस्रो गोल गरेर टिमको जित सुनिश्चित गरे।