बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

मोडेल प्रोगेशिभ स्कुलको रुपमा स्थापित हुँदै ‘निर्मल बाटिका’, यस्ता छन् विशेषता

मोडेल प्रोगेशिभ स्कुलको रुपमा स्थापित हुँदै ‘निर्मल बाटिका’, यस्ता छन् विशेषता

काठमाडौँ । नयाँ वर्ष नजिकिँदै गर्दा नयाँ शैक्षिक सत्र पनि नजिकिएको छ । अभिभावकहरु राम्रा विद्यालयको खोजीमा लागिसकेका छन् । त्यसो त सबै विद्यालय आफैँमा राम्रा हुन्छन् । तर त्यसमा पनि शिक्षण सिकाइ, पूर्वाधार, व्यवस्थापन, अनुशासन, सुरक्षाका साथै उपलब्ध विभिन्न अतिरिक्त क्रियाकलापले विद्यालयलाई आकर्षणको केन्द्रका साथै अभिभावकको पहिलो रोजाइमा पारेको हुन्छ । यस्तै सुविधाले सम्पन्न विद्यालय हो, ‘निर्मल बाटिका’ ।

काठमाडौँको सामाखुसीदेखि टोखा जाने बाटोमा एक किलोमिटरको दूरीमा रहेको उक्त विद्यालय पछिल्ला केही वर्षयता विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको छ । त्यहाँ अपनाइएको आधुनिक शिक्षण पद्धति, प्रविधिको उच्चतम प्रयोग र प्रभावकारी सिकाइका कारणले निर्मल बाटिका उक्त क्षेत्रमा पहिलो रोजाइको विद्यालय बन्न सफल भएको हो । यसको प्रमुख कारण आधुनिक शिक्षण प्रणाली, विद्यार्थीमैत्री सिकाइ भएको विद्यालयका प्रिन्सिपल शिव थापा बताउँछन् ।

“विद्यालय रोजाइमा पर्नुको कारण विद्यार्थीमैत्री वातावरणमा आधुनिक शिक्षण प्रणाली नै हो, हामी शिक्षकसँगै विद्यार्थीलाई पनि सक्रिय बनाउँछौँ”, उनले भने, “हामीले कक्षाकोठाको डिजाइनदेखि शिक्षण पद्धतिसम्म सबैलाई आधुनिक बनाएका छौँ, पढाउने तरिकालाई बदलेका छौँ, यसले विद्यार्थीको सिकाइमा आमूल परिवर्तन ल्याएको छ ।”

उनका अनुसार निर्मल बाटिकामा मन्टेश्वरीदेखि कक्षा १० सम्मको पढाई हुन्छ । पूर्व विद्यालय तह (प्रि-स्कुल) मा परम्परागत विधिको साटो मन्टेश्वरी पद्धति अपनाइएको छ । “हामी यस तहमा मन्टेश्वरीमा आधारित फोनिक्स विधिबाट पढाइरहेका छौँ । यो भनेको ध्वनीमा आधारित शिक्षण पद्धति हो । अन्तर्राष्ट्रिय अभ्यासमा यो निकै राम्रो मानिन्छ, जस्तै अंग्रेजीको ‘ए’ पढाउँदा ‘अ’, ‘बी’ लाई ‘ब’ भने जस्तै गरी ‘ए’ ‘बी’ ‘सी’ ‘डी’लाई ‘अ’ ‘ब’ ‘क’ ‘ड’ भनेर चिनाउँछौँ । यसले उनीहरुलाई छिटो र प्रभावकारीका साथै सहि ढंगबाट सिकाइमा सहयोग पुग्छ”, उनले भने ।उदाहरणका लागि स्याउ चिनाउँदै गर्दा चित्र देखाएर मात्रै नपुग्न सक्छ । उनीहरुलाई साच्चिकै स्याउ नै देखाउने, गाई चिनाउँदा पनि त्यसै गर्ने । यसो गर्दा विद्यार्थीहरुको सिकाइ प्रभावकारी र दीर्घकालीन हुने उनको बुझाई छ । विगत केही वर्षदेखि आधुनिक शिक्षण पद्धति अपनाइएको उल्लेख गर्दै उनले यसले राम्रो नतिजा देखाएको बताए । “यो शिक्षण पद्धतिमा शिक्षकलाई वर्षभरीको तालिका, योजना, स्रोत सामाग्री दिइएको हुन्छ, जसमा प्रत्येक दिन के पढाउने, कसरी पढाउने लगायतको जानकारी उल्लेख हुन्छ, यसका लागि सोही अनुसारको तालिम प्राप्त शिक्षक पनि राखिएको छ”, प्रिन्सिपल थापाले भने, “यो शिक्षण सिकाइ कार्यान्वयन भएपछि अभिभावकहरुबाट पनि राम्रो प्रतिक्रिया प्राप्त भएको छ ।”

 विद्यालयले ‘नेक्स्ट जेन करिकुलम’ अपनाएको छ । यो पाठ्यक्रम ललितपुरको इमाडोलस्थित न्यू मिलेनियम स्कुलले विकास गरेको हो । हाल यो पाठ्यक्रम काठमाडौँ उपत्यकाका केही विद्यालयमा सफलतापूर्वक कार्यान्वयनमा आइसकेको छ । नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रमलाई सहयोग गर्ने गरी तयार पारिएको उनको भनाई छ । 

थापाका अनुसार कक्षा १ देखि १० सम्मका लागि ‘मोडल प्रोग्रेसिभ स्कुल’ भनिएको छ । अर्थात् प्रगतिशील सोचमा आधारित शिक्षण सिकाइ विद्यालयले अपनाएको छ । “हामी प्रोग्रेसिभ यत्तिकै भनिरहेका छैनौँ, त्यो व्यवहारमा पनि झल्किएको छ”, थापाले भने, “प्रोग्रेसिभ भनेको विद्यार्थीको सोचमा, उनीहरुको व्यवहार, ज्ञान, सीप, अनुभव, सामूहिक सहकार्य, सिकाइ महसुस, आलोचनात्मक चेत, एक अर्काप्रतिको सम्मान गर्ने वातावरण बन्नुपर्छ भन्ने हो ।” र, यसका लागि विद्यालयले भरपुर प्रयास गरिरहेको र विद्यार्थीको विकासमा ‘प्रोग्रेसिभ’को प्रयास देखिएको उनको बुझाइ छ । उनका अनुसार घोकेर कापीमा लेख्नु र उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुनुलाई मात्रै प्रोग्रेसिभ भनिँदैन, यसका लागि उनीहरुको व्यवहार र सोचमा परिवर्तन ल्याउनु जरुरी हुुन्छ । त्यसो नहुँदासम्म सिकाइको लक्ष्य पूरा हुँदैन । विद्यार्थीहरुलाई लेक्चर दिनेभन्दा पनि उनीहरुको आवश्यकताअनुसार बुझेर पढाउनुपर्छ भन्ने अवधारणा यसले बोकेको छ । जसले क्रियाकलावमा आधारित भएर शिक्षण गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छ ।

थापाका अनुसार विद्यालयले ‘नेक्स्ट जेन करिकुलम’ अपनाएको छ । यो पाठ्यक्रम ललितपुरको इमाडोलस्थित न्यू मिलेनियम स्कुलले विकास गरेको हो । हाल यो पाठ्यक्रम काठमाडौँ उपत्यकाका केही विद्यालयमा सफलतापूर्वक कार्यान्वयनमा आइसकेको छ । नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रमलाई सहयोग गर्ने गरी तयार पारिएको उनको भनाई छ ।

“वास्तवमा समग्र जीवन नै पाठ्यक्रम हो, तर यसो भन्दै गर्दा यो बृहत्तर हुन्छ, आजका दिनमा भन्नुपर्दा पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम अलिकति संकुचित छ, त्यतिले मात्रै विद्यार्थीलाई पुग्दैन”, उनले भने, “उक्त पाठ्यक्रमलाई प्रभावकारी बनाउन नेक्स्ट जेन कार्यक्रम र पाठयक्रम ल्याइएको हो जुन अन्तराष्ट्रिय पाठयक्रम आइ बी, आइ.पि.सि सँग प्रतिश्पर्धा गर्न सक्ने खालको छ ।”

थापाका अनुसार असल कक्षा हुनका लागि यसको बहुआयामीक पक्ष राम्रो हुनुपर्छ । पाठयक्रम विकास केन्द्रको पाठक्रम साँघुरो परिभाषामा सीमित छ । तर नेक्स्ट जेन पाठ्यक्रम नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिकलगायतका विषय कसरी पढाउने, कस्ता गतिविधि गराउने विषयसँग सम्बन्धित छ । यसले सिकाइलाई प्रभावकारी बनाउँछ । यसमा शिक्षकलाई तालिम दिई उनीहरुको क्षमता अभिवृद्धि गराइन्छ र अध्यापन तालिका समेत बनाएर कक्षाकोठामा पुग्नेसम्मका विषय समेटिएका छन् ।

“विद्यालयमा आफ्नै पाठयक्रम, कार्यक्रम, तालिम प्राप्त सक्षम र अनुभवी शिक्षक हुनैप-यो, त्यसका अतिरिक्त सक्षम नेतृत्व, उपयुक्त भौतिक संरचना, स्रोत साधनको व्यवस्थापन, अतिरिक्त क्रियाकलाप, आवश्यक विज्ञान, कम्प्युटर, प्रयोगशाला पनि हुनु उत्तिकै जरुरी छ”, उनले भने । उनका अनुसार विद्यालयले विद्यार्थीको सर्वाङगीण विकासको लागी आवश्यक सम्पुर्ण क्रियाकलाव गर्नुपर्छ । यसकै लागि अभिभावकले उचित शुल्क तिरेका हुन्छन् । लोभलाग्दो पाठयक्रम र कार्यक्रम, आइसिटी तर्फ कोडिङ देखि पाइथन प्रोगामिङसम्म, अटोमेसन देखि रोवोटिक्स, एआइ र कम्प्युटर भिजनसम्म पढाई हुने, अनि खेलकुद तर्फ आफ्नै फुटसल ग्राउन्डदेखि, क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल आदि समेतको ब्यवस्थाका कारण  विद्यालयले यी सबै मापदण्ड पूरा गर्दै कार्यान्वयनमा लागेकाले अभिभावकहरुको रोजाइमा परेको हो ।

कक्षाकोठा पनि सिकाइमैत्री हुन जरुरी रहेको र त्यसमा विद्यालयले सबैभन्दा बढी ध्यान दिएको बताउँछन् प्रिन्सिपल थापा । कक्षा कोठाभित्रै मिनी लाइव्रेरी, साइन्स, म्याथ, आर्ट, सोसल कर्नन आजका दिनमा अत्यावश्यक भएको उनको बुझाई छ । त्यसबाहेक डिजिटल सिकाइका लागि स्रोत सामग्रीको व्यवस्थापन पनि आवश्यक भइसकेको छ ।

शिक्षकहरु योजनासहित कक्षाकोठामा पसुन् भन्ने उद्देश्यले अघिल्लो दिन नै योजना बनाउने गरेका छन् भने कक्षाकोठामा जाँदा सिकाइ ट्रे भरी शैक्षिक सामग्री बोकेर जान पाउने वातावरण बनाइएको उनी बताउँछन् । करिब एक घण्टा पढाउँदा के–के सामग्री प्रयोग गर्ने, कसरी सिकाइ राम्रो बनाउने भन्ने विषयमा शिक्षकहरु सचेत रहेको आफूले पाएको उनको भनाई छ ।

थापाका अनुसार अहिले पनि अधिकांश विद्यालय र कक्षाकोठा परम्परागत शिक्षण विधिमै सीमित छ । जहाँ शिक्षक नै सर्वेसर्वा मानिन्छन् । सीमित विद्यार्थीको उपलब्धिलाई नै विद्यालयको उपलब्धि मानेको पाइन्छ । अझ परीक्षामा प्राप्त गर्ने अंकलाई उपलब्धि मान्ने पनि चलन छ । “विद्यालयको गुणस्तर मापनको आधार एसइईमा ल्याउने ग्रेड अझ भनौँ जिपिए केन्द्रित देखिन्छ, जुन सरासर गलत छ, महत्वपूर्ण विषय प्रत्येक कक्षाहरु क्रियाकलापमा आधारित भइ वास्तविक सिकाइतर्फ अग्रसर छन कि छैन भन्ने हो ? कक्षाको औसत सिकाइ उपलब्धि कस्तो छ ? वर्कसप बेसिस सिकाइ छ कि छैन भन्ने ख्याल गर्नुपर्छ”, उनले भने ।

 नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा अभिभावकलाई यस्तो सुझाव दिन्छन् प्रिन्सिपल थापा :

“अभिभावकलाई राम्रो विद्यालय छान्न अहिले हम्मे–हम्मे नै छ । सबै विद्यालय सर्वगुण सम्पन्न छैनन् पनि । छोटकरीमा भन्नुपर्दा सही मार्गदर्शन गर्न सक्ने र सिकाइ व्यवस्थापन चुस्त बनाइ प्रभावकारी सिकाइ र पाठयक्रमले तोकेका उद्देश्य पूरा गर्ने विद्यालयलाई राम्रा वर्गमा राख्न सकिन्छ”, उनले भने ।

उनका अनुसार कतिपय अवस्थामा आवश्यकताका आधारमा पनि विद्यालय छनोट गर्नुपर्ने हुन्छ । जस्तै मोबाइल फोन किन्नु छ भने तपाईं आवश्यकता र बजेटका आधारमा छनोट गर्नुहोला । तर विद्यालयको पढाईमा सबै त्यसरी पनि हुँदैन । विद्यालय आधारभूत विषयहरुमा राम्रो हुनुपर्छ । जस्तै शिक्षण शैली, दक्ष शिक्षक, राम्रो व्यवस्थापन, पूर्वाधार र सुरक्षा विशेष महत्वका हुन्छन् । त्यसैले विद्यालय छनोट गर्दा न्यूनतम आवश्यकता भने पूरा गरेकै विद्यालय छनोट गर्नु श्रेयकर हुने उनको सुझाव छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend