logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • कक्षा–२ मा पढ्ने विद्यार्थी बलात्कार गरेको आरोपमा ४७ वर्षीय शिक्षक पक्राउ

    कक्षा–२ मा पढ्ने विद्यार्थी बलात्कार गरेको आरोपमा ४७ वर्षीय शिक्षक पक्राउ

    6.9K
    Shares

    डडेल्धुरा । डडेल्धुरामा कक्षा २ मा पढ्ने विद्यार्थी बलात्कारको आरोपमा शिक्षक पक्राउ परेका छन् । १० वर्षीय बालिकालाई माथि जबरजस्ती बलात्कार गरेको आरोपमा ४७ वर्षीय शिक्षक पक्राउ परेका हुन् ।

    गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल जानकारी दिए ।

    विद्यालयले कक्षा–२ मा पढ्ने बालिकामाथि जबरजस्ती बलात्कार भएको भन्दै प्रहरीसमक्ष उजुरी दिएको थियो । बालिका सोही विद्यालयमा अध्ययनरत छिन् । बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको छ । मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend