काठमाडौं। महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएको भन्ने खबर हल्ला मात्र भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको भन्दै सामाजिक सञ्जालमा चलेको हल्लाको थापाले खण्डन गरेका हुन्।
थापाले षडयन्त्रका साथ् सक्रिय तत्वले हल्ला फिंजाएकोले त्यसका पछि नलाग्न आग्रह गरेका छन्।
महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा गर्नुभएको भनी आज बिहानैदेखि फिंजाइएकाे गलत हल्ला खेदजनक छ ।
— Surya Thapa (@ThapajiSurya) February 23, 2021
प्रतिनिधि सभाकाे विघटन बारेमा परेका रिटहरूमा सर्वाेच्च अदालतले गर्ने फैसला अघि विद्यमान सहज माहाेल गिजाेल्न षडयन्त्रका साथ सक्रिय तत्वकाे हल्लाकाे प्रभावमा नपर्न अनुराेध गर्दछु ।