logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • राजीनामाकाे समाचारबारे खरेलकाे प्रतिक्रिया : परिस्थिति आफू अनुकुल बनाउने कोसिस हुनसक्छ

    राजीनामाकाे समाचारबारे खरेलकाे प्रतिक्रिया : परिस्थिति आफू अनुकुल बनाउने कोसिस हुनसक्छ

    4.1K
    Shares

    काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् । 

    मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् । आफू राजीनामा दिने सोचमा समेत नरहेकाे उनकाे भनाइ थियाे । उनले भने ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’

    आफूले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाइ राखेको तर आफ्नो राजीनामाको बारेमा एकपटक समेत नसोधि समाचार आउँदा दुःख लागेको बताए । उनले भने ‘जिम्मेवार प्रेसले कुनै पनि विषयलाई महान्यायाधिवक्ताले राजीनामा गर्नुभएको छ भन्ने जस्तो गम्भिर विषयलाई अगाडि राख्दाखेरी महान्यायाधिवक्तासँग नसोधिकन राखिने कुराप्रति मेरो गम्भीर चासो, सरोकार छ र यस प्रति म दुःख व्यक्त गर्छु ।’

    महान्यायाधिवक्ताले राजीनामा गर्‍याे भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेषण गरको उनले बताए । अहिलेको परिस्थितिलाई आफू अनुकुल बनाउन चाहनेहरुबाट यस्तो हल्ला आएको पनि महान्यायधिवक्ता खरेलले बताए । 

    आफूले अदालतमा गरेको बहस प्रति प्रधानमन्त्री सन्तुष्ट रहनुभएको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पारे । उनले भने ‘अहिलेको परिस्थितिलाई आफू अनुकुल बनाउने पनि कसैको कोसिस हुनसक्छ । प्रतिकुलतालाई अनुकुलतामा बदल्ने कोसिस पनि हुनसक्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend