logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • अदालत संविधानको रक्षाका लागि उभिएको छ : देव गुरुङ 

    अदालत संविधानको रक्षाका लागि उभिएको छ : देव गुरुङ 

    1.6K
    Shares

    काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता देव गुरुङले सर्वोच्च अदालत संविधानको रक्षाको लागि उभिएको बताएका छन् । प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह निकट आदिवासी जनजाती संगठनहरुले गरेको विरोध प्रदर्शनमा बोल्दै उनले यस्तो बताएका हुन् । अदालत संविधानको रक्षाका लागि उभिएको तर प्रधानमन्त्री ओलीले न्यायालयलाई धम्क्याउने काम गरिरहेको दाबी उनकाे भनाइ थियाे । 

    प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको विरोधमा प्रचण्ड–माधव निकट आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपालले मंगलबार संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् । शान्ति बाटिकाबाट शुरु भएको प्रदर्शन भोटाहिटी, असन, इनद्रचोक हुँदै बसन्तपुरमा पुगेर कोण सभामा परिणत भएको थियो । 

    कोणसभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य गुरुङले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई निरन्तरता दिएमा संविधान नै समाप्त हुने बताए । संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुने वित्तिकै मुलुकमा अराजकता र अस्थिरता पैदा हुने र त्यसपछि राज्य कमजोर हुने भएकाले अहिलेको व्यवस्था नै असफल हुने खतरा बढेको उनले बताए । राज्य कमजोर हुँदा विदेशी शक्तिकेन्द्रहरुले नेपाललाई परेड खेल्ने राज्य बनाउन सक्ने भन्दै सचेत हुनुपर्ने बताए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend