२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सांसद रामहरि खतिवडा र दौरा सुरुवालको सम्बन्ध: सांस्कृतिक पहिरनको मोह वा राजनीतिक पहिचान ?

आइतवार , चैत्र २३, २०८१

नेपाली राजनीतिक परिदृश्यमा नेताहरूको पहिरन शैलीले उनीहरूको व्यक्तित्व, विचारधारा, र जनतासँगको सम्बन्ध झल्काउने गर्छ। जब अधिकांश सांसदहरू आधुनिक पहिरनतर्फ आकर्षित भइरहेका छन्, केही नेताहरू भने मौलिक पहिचान जोगाउन कटिबद्ध देखिन्छन्। त्यसमध्ये एक हुन् प्रतिनिधि सभा सदस्य तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, जो जहिले पनि दौरा सुरुवालमै प्रस्तुत हुन्छन्। खतिवडालाई संसदमा, समितिको बैठकमा, सार्वजनिक कार्यक्रममा वा कुनै पनि औपचारिक भेटघाटमा देख्दा, उनी दौरा सुरुवालमै देखिन्छन्। उनले यो पहिरनलाई केवल एक लुगा नभई आफ्नो पहिचानको रूपमा स्थापित गरेका छन्।

उनी भन्छन दौरा सुरुवाल हाम्रो राष्ट्रिय पहिरन हो। मैले सानो छँदैदेखि यो पहिरनलाई अपनाएको थिएँ र सांसद भएपछि पनि त्यही निरन्तरता दिइरहेको छु। नेताहरूले आफूलाई विदेशी झल्किने पहिरनमा होइन, नेपाली पहिरनमा प्रस्तुत गर्नु जरुरी छ। म माटोसँग जोडिएको नेता हुँ, त्यसैले मेरो पहिरनले पनि त्यसलाई प्रतिबिम्बित गर्छ । उनका अनुसार दौरा सुरुवाललाई निरन्तरता दिनुको मुख्य उद्देश्य नेपाली संस्कृति र पहिचानलाई जोगाइराख्नु हो।

नेपालमा दौरा सुरुवाललाई परम्परागत पहिरनका रूपमा लिइन्छ। एक समय थियो जब सरकारी कर्मचारीदेखि राजनेतासम्म दौरा सुरुवाल नै अनिवार्य लगाउथे तर समय बदलिँदै जाँदा कोट, प्यान्ट र पश्चिमी पहिरन लोकप्रिय बन्दै गयो। तर खतिवडाजस्ता नेताहरू दौरा सुरुवाललाई निरन्तरता दिँदै नेपालीपन झल्काउने प्रयासमा छन्। यो केवल व्यक्तिगत प्राथमिकताको कुरा मात्रै नभई सांस्कृतिक पहिचान र राजनीतिक सन्देश पनि हो। उनले दौरा सुरुवाललाई आफ्नो ब्रान्ड बनाएका छन्, जसले उनलाई माटोसँग जोडिएको, सरल र जनतासँग नजिकको नेता को छवि दिन मद्दत गरेको छ।

रामहरि खतिवडाको दौरा सुरुवाल मोह केवल व्यक्तिगत प्राथमिकता होइन, सांस्कृतिक पहिचान जोगाउने प्रयास पनि हो। जब नेताहरू आफ्नो पहिरनमार्फत राष्ट्रियता झल्काउन खोज्छन्, त्यसले जनतासँग आत्मीय सम्बन्ध बलियो बनाउन मद्दत गर्छ।

अब प्रश्न उठ्छ – भविष्यमा अन्य नेताहरू पनि खतिवडाजस्तै दौरा सुरुवालमै फर्किनेछन् कि आधुनिक पहिरनलाई नै निरन्तरता दिनेछन्रु त्यो भने समयले देखाउनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट