काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईले सर्वोच्च अदालतले भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको भन्दै खुशी व्यक्त गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाएसंगै उपचारका क्रममा भारतमा रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका हुन्।
कस्तो सुखद संयोग!अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो! pic.twitter.com/1cYnCCxJRY
— Baburam Bhattarai (@brb1954) February 23, 2021