काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड- नेपाल समूह) ले स्थायी कमिटि बैठक डाकेको छ। बैठक दिउँसो २ बजे पेरिसडाँडामा बस्ने बताइएको छ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि उक्त समूहको नेकपाले आज राजधानी काठमाडौंमा उपलव्ध स्थायी कमिटि सदस्यहरुलाई बैठकका लागि बोलाएको हो।
आज नै उक्त समूहको संसदीय दलको बैठक पनि बस्ने जनाइएको छ। संसदीय दलको बैठक दिउँसो ४ बजे बस्नेछ।
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि विभाजित नेकपाका दुवै पक्ष आफ्नो रणनीति तय गर्न जुटेका छन्।
उता प्रधानमन्त्री केपी ओली पक्षीय नेकपाको स्थायी समिति बैठक बालुवाटारमा बसिरहेको छ।