काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल समूह)की नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए गल्हत्याएर निकाल्ने चेतावनी दिएकी छिन ।
नेकपा प्रचण्ड नेपाल समूहले आयोजना गरेको विजय र्यालीपछि रत्नपार्कमा आयोजित सभालाई सम्वोधन गर्दै नेतृ भुसालले प्रधानमन्त्री ओलीले तत्काल राजीमाना दिनुपर्ने र यदि नदिए १३ दिनभित्र गल्हत्याएर निकाल्ने चेतावनी दिइन्।
‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन । अझै पनि अलिकति नैतिकता भए राजीनामा दिएर ठाउँ खाली गरिनुपर्छ’, होइन भने १३ दिनपछि संसदको बैठक शुरु हुन्छ, राजीनामा नदिए संसदबाट गलत्याएर फालिने छ ।’ भुसालको चेतावनी थियो।