बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं । बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १२।५६ अंकले बढेर २५९९।०७ मा पुगेको छ ।

नेप्से ०।४३ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १।१४ अंकले बढेर ३८२।५७ मा पुगेको छ ।कूल २०४ वटा कम्पनीको एक कारेड ७६ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज हाइड्रोपावर र अन्य बाहेकका १० वटा उपसमूहको शेयर बढेको छ ।त्यसैगरी, बुधबार ३ वटा कम्पनीहरूको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

बुधबार आइएमइ जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेड सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend