काठमाडौं । नागरिक अभियन्ता डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औँ अनशन स्थगित गरेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै उनले फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए ।
डा. केसीले तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएको भन्दै आफ्नो अनसन स्थगित गरेको बताए ।
तर, आफूसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान जारी रहने केसीको भनाइ छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देश प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको उनले बताएका छन् ।