काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका नेता लालबाबु पण्डितले नेपाली कांग्रेससंग मिलेर सरकार बनाउन नहुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पण्डितले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्दा जनमतको अपमान हुने बताएका हुन्।
उनले कठिन भए पनि नेकपा एकताको सम्भावना समाप्त नभएको जिकिर गरेका छन्।
“नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन। बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान हुँदैन। यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस् । मेरो यसमा बिरोध रहने छ। नेतृत्वलाई बेलैमा जानकारी गराउँछु।” फेसबुकमा उनले लेखेका छन्।