logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • लमजुङको पाचोकमा पहिलो पटक बिजुली

    लमजुङको पाचोकमा पहिलो पटक बिजुली

    2.5K
    Shares

    लमजुङ । दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राधिकरणले आज पहिलो पटक बिजुली पु¥याएको हो । 

    गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले कन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकको घरमा बिजुली पु¥याउँने जानकारी दिए।  
     
    प्रदेशको भौतिक मन्त्रालयका सहयोगमा  प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पु¥याएको थियो । यहाँका ६५ घरमा बिजुली बलेको छ । यसअघि टुकी र सोलारका भरमा बस्नुपर्दा, बिरामी हुँदा तथा बालबालिकाको पठनपाठनमा समस्या हुनेदेखि मोबाइल चार्जिङ गर्नसमेत समस्या हुँदै आए पनि अब भने यस्ता समस्याको समाधान भएको वडाध्यक्ष गुरुङले बताए । गाउँमा पहिलो पटक बिजुली पुग्दा स्थानीयवासी पनि हर्षित  छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend