काठमाडाैं । नेकपाकी सांसद गंगा चाैधरीले अहिलेकाे राजनीतिक परिस्थितिमा ओली, प्रचण्ड र नेपालले लाेभ नगरी दाेस्राे पुस्तामा सत्ता हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन् ।
गएकाे पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा २ गुटमा विभाजन भएकाे थियाे । सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाकाे फैसला सुनाइसकेकाे छ । विभाजित नेकपामा चाैधरी कुनै पनि पक्षमा देखिएकी छैनन् । नेकपा एकताकाे लागि उनी प्रयासरत छिन् ।
उनले दाेस्राे पुस्ताका नेताहरुमा सत्ता हस्तान्तरण गरेर पार्टीकाे रक्षामा लाग्न सुझाव पनि दिएकी छिन् । सुनाैलाे नेपालसँगकाे कुराकानीमा उनले भनिन्, ‘ओली, दाहाल र नेपालले संयुक्त विज्ञप्ति निकालेर अब नयाँ पुस्तामा सत्ता हस्तान्तरण गरेर पार्टीकाे रक्षामा बस्नु उपयुक्त हुन्छ ।’
यसाे गरेकाे खण्डमा पार्टी एकजुट हुने विश्वास पनि उनकाे छ । उनले दाेस्राे पुस्ताकाे काम हेर्नका लागि पद त्यागेर देखाउन आग्रह पनि गरेकी छन् ।