काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गले महिला लघुवित्तको आईपीओ ८ बजे बाँडफाँड गरिने जनाएको छ।
१५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको आवेदन परेकोमा ३७ हजार ५ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन्।
१५ लाख भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन्।
कम्पनीले सर्वसाधारणका लागि भनेर कुल ३ लाख ७५ हजार कित्ता सेयर जारी गरेको थियो।