काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारिकता सम्बन्धी मुद्दाको अन्तिम फैसला फागुन २० सुनाउने भएको छ ।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालसले बिहीबार नेकपा नामसम्बन्धी विवादको सुनुवाइ सकेपनि निर्णय भने २० फागुनमा सुनाउने भएको हो।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहने गरि एकीकृत पार्टीको नाम नेकपा राखेर निर्वाचन आयोगमा दर्ता भएको थियो । लगत्तै ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए।
कट्टेलले निर्वाचन आयोगविरुद्ध गत ५ मंसिर २०७५ मा मुद्दा दर्ता गरेका थिए ।