बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

 महिला लघुवित्तको आईपीओ ३७ हजार ५ सयको हातमा 

 महिला लघुवित्तको आईपीओ ३७ हजार ५ सयको हातमा 

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर आईपीओ ३७ हजार ५ सय लगानीकर्ताले मात्र पाउन सफल भएको छ । शुक्रबार बिहान भएको बाँडफाँटमा गोलाप्रथाबाट ३७ हजार ५ सय जनालाई १० कित्ताका दरले आईपीओ परेको हो ।

कम्पनीको शेयर १५३ जना कर्मचारीका लागि ५ हजार कित्ता सेयर बाँडफाँड भएको थियो। सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट भएको कम्पनीले जानकारि दिउको छ । महिला लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

आईपीओमा आवेदन दिएकामध्ये मात्र २ प्रतिशत लगानीकर्ताले आईपीओ हात पारेका छन् । महिला लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको हो ।

३ हजार ३५३ आवेदकको आवेदन भने रद्द भएको कम्पनीले जनाएको छ ।  आईपीओमा कुल २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयरको माग भएको थियो । जसमध्ये ५४ हजार ९६० कित्ता दोहोरो आवेदनका कारण रद्द गरिएको हो । लघुवित्तले प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend