काठमाडौं। उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रधानमन्त्री केपी ओलीले कुनै हालतमा राजीनामा नदिने बताएका छन्।
ओली पक्षीय अनेरास्ववियूले रत्न राज्य लक्ष्मी क्याम्पस गरेको कार्यकर्ता भेलामा बोल्दै पोखरेलले कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका हुन्।
प्रधानमन्त्री केपी ओलीले कुनै हालतमा राजीनामा दिनुहुन्न, पोखरेलले भने, “हिम्मत भए अविश्वास प्रस्ताव दर्ता गरे हुन्छ।”
अविश्वास प्रस्तावको सामना गर्न प्रधानमन्त्री तयार रहेको उनको भनाइ थियो।