काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तका विरुद्ध सांसद कोमल वली अदालत जाने भएकी छन् । आफूलाई पिडुँला देखाएर सांसद भएको आक्षेप लगाएपछि वलीले महिला हिंसा विरुद्धको मुद्दा लिएर कानूनी प्रकृयामा जाने जानकारी दिएकी हुन् ।
आइतबार सुनौलो नेपालसँग कुरा गर्दे उनले भनिन्, ‘अहिले म दाङमा छु, एक दुई दिनमा काठमाडौं फर्किन्छु र हिंसाविरुद्धको मुद्दा लिएर कानूनी प्रकृयाका लागि अदालतमा जान्छु ।’
नेकपा प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तले नेकपा भित्र धेरै संघर्ष गरेका धेरै महिला नेतृहरु भएपनि ओली पक्षकी नेतृ कोमल वली पिँडुला देखाएर सांसद भएको टिप्पणी गरेका थिए । उनको टिप्पणीको चौतर्फी आलोचना भइरहेको छ ।
यो पनि पढ्नुहोस्
पिडुँला देखाएको भरमा ओलीले सांसद बनाएको रघुजी पन्तको अभिव्यक्तिमा कोमल वलीको आपत्ति