काठमाडौं । सांसदहरुलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार कोरोना खोप लगाएका सांसदले मात्रै संसद भवन प्रवेश पाउने छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।