काठमाडौं । आज सोमबार शेयर बजार बढेको छ । सोमबार नेपाल पूर्वाधार बैंक निफ्रा को शेयर सबैभन्दा बढी कारोबार भएको हो। रकमको आधारमा कारोबार हुनेको अग्रस्थानमा निफ्रालाई देखिएको छ । निफ्राको ४४ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
यसको शेयर मूल्य ५२९ रुपैयाँ पुगेको छ । गत बुधबार प्राविधिक समस्याका कारण निफ्राको शेयर भ्यालु सिस्टममा शून्य देखिएको थियो । तर पछि नेप्सेले सो त्रुटि सच्याएको थियो ।त्यस यता निफ्राको शेयर मूल्य उकालो लाग्न सकेको छैन । रकमका आधारमा दोस्रो बढी कारोबार हुनेमा शिखर इन्स्योरेन्स रहेको छ