logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • स्याउला र ढुङ्गाले ढाकेको अवस्थामा युवतीको शव फेला

    स्याउला र ढुङ्गाले ढाकेको अवस्थामा युवतीको शव फेला

    5.2K
    Shares

    गुल्मी। गुल्मीमा एक युवतीको शव स्याउला र ढुङ्गाले ढाकेको अवस्थामा बोरामा शव फेला परेको छ ।गुल्मीको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् । शवको पहिचान नभएको उनले बताएका छन् ।

    स्थानीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको डीएसपी पाण्डेले बताएका छन् । शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend